GB Koirala Banner Ad New

४० माइक्रोन भन्दा पातलो प्लाष्टिक साउन १ गतेदेखि प्रतिबन्ध

काठमाडौं । साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक सरकारले वातावरणीय प्रदुषण कम गर्न भन्दै  प्रतिबन्ध गर्ने भएको छ । वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाद्वारा सोमबार जारी विज्ञप्तिमा सपिङ मल तथा डिपार्टमेन्टल र सबै प्रकारका व्यापारीक प्रतिष्ठानले प्लाष्टिकको झोलाको प्रयोगको साटो जुट वा सुतीको झोला प्रयोग गर्न समेत आग्रह गरिएको जारी विज्ञप्ति उल्लेख छ ।

४० माइक्रोन भन्दा पातलो प्लाष्टिक वा सिट उत्पादन गर्ने कम्पनी वा उद्योगले पुरानो मेसिनको साटो नयाँ मेसिन जडान गरेमा सरकारले प्रोत्साहन स्वरुप पुँजी अनुदान उपलब्ध गराउने व्यवस्था आर्थिक वर्ष २०७८/०७९ को बजेटमा गरिएको थियो ।

नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकलाई किन उत्पादनमै रोक लगाइयो? – देशसञ्चार