GB Koirala Banner Ad New

नेपालमा के चाहान्छ चीन ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा यातायात, ऊर्जा, सुरक्षा, शिक्षा जस्ता विभिन्न विषयमा समझदारी तथा सम्झौताहरू भएका थिए।

विश्वशक्ति बन्ने महत्वाकाङ्क्षा राखेको र विशाल अर्थतन्त्र भएको चीनको नेपालमा कुन विषय र क्षेत्रमा विशेष चासो छ त रु त्यसबारे विभिन्न विज्ञहरूले पृथक् धारणा व्यक्त गर्ने गरेका छन्। केही महत्त्वपूर्ण विषयमा यस्ता चासो र सरोकार रहेको पाइन्छ ।

१, सुरक्षा
चीनसँग दौत्य सम्बन्ध स्थापना भएयता नै नेपाल एक चीन नीतिु को पक्षधर रहि आएको छ। तर पनि नेपालमा बेलाबखत भइरहने भनिएका स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुनसक्ने घुसपैठले चिनियाँ पक्ष सशंकितभएको देखिन्छ।

नेपालमा गर्ने भनिएका लगानीहरूका लागि थप नाकाहरु खोल्दा त्यो चुनौती झन् बढ्ने देखिन्छ। त्यसमाथि विश्वशक्ति बन्ने महत्वाकाङ्क्षा रहेको चीनलाई तिब्बतकै कारण देखाएर मानवधिकारजस्ता विषयमा जतिखेर पनि प्रश्न उठ्न सक्ने हुँदा उनीहरूको सुरक्षा चासो पहिलेभन्दा पनि बढेको छ।
नेपाल–चीन सीमा १,४१५ किलोमिटर लामो छ। नेपालसँग जोडिएको चीनको सम्पूर्ण भूभाग तिब्बत हो।

२, बजार
चीनका तटीय सहरहरू अन्तर्राष्ट्रिय व्यापारका लागि नाकामा रूपान्तरित भएका छन्। त्यससँगै तिनको विकास पनि भएको छ। तर विशाल चीनका भित्री सहरहरू भने तटीय क्षेत्रका तुलनामा कम विकसित रहेको बताइन्छ।

गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १९औँ कङ्ग्रेसमा दिइएको मन्तव्यमा समेत चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना भित्री र पश्चिमी भेगको विकासका लागि यथासम्भव काम गरिने बताएका थिए। सीले इङ्गित गरेका क्षेत्रमा तिब्बत, सिचुवान, युनान लगायतका प्रान्त पनि पर्छन्। तिनसँग नेपालको व्यापार सबैभन्दा बढी छ।

अध्ययनहरूले देखाएअनुसार उत्तर भारतका सहरहरूमा पारवहन गर्न समुद्री मार्ग प्रयोग गर्नुभन्दा नेपालबाट हुने बाटो प्रयोग गर्नु चीनका निम्ति दूरीका हिसाबले करिब तीन गुणाले कम हुन्छ। चीनले नेपालका अतिरिक्त भारतका धेरै जनसङ्ख्या भएका उत्तर प्रदेश, विहारजस्ता प्रान्तलाई समेत आफ्नो बजारको रुपमा हेरेको छ।

३, छिमेकमा प्रभुत्व
खुलापनपछिको एउटा कालख‌ण्डमा विश्वका ठूला शक्तिसँगको सहकार्यमा केन्द्रित रहेको चीनले विश्वशक्ति बन्ने दौडमा रहेको पछिल्लो समयमा भने चीनको उदयसँग छिमेकीहरू जोडिनेु भन्दै उनीहरूलाई प्राथमिकतामा राख्न थालेको चिनियाँ सरकारी दस्तावेजहरूमा पाइन्छ।

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की भन्छन्, : उन्नाइसौँ कङ्ग्रेसबाट अल्पविकसित मुलुकसँगका सम्बन्धलाई पुनर्परिभाषित गरेर अगाडि बढ्नुपर्छ भन्ने धारणा आएको छ। दक्षिण एशियामा समेत चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले सबै देशमा भ्रमण गरिसकेका छन् जहाँ चिनियाँ सहयोग निकै बढेको पाइन्छ।
भुटानसँग चाहिँ चीनको दौत्य सम्बन्ध नै छैन।

४, सफ्ट पावरु विस्तार
सन् २०१७ मा नेपालमा एक लाख चार हजार,२०१८ मा १ लाख २० हजार,२०१९ मा १ लाख ५० हजार भन्दा बढी चिनियाँ पर्यटकहरू हवाईमार्गबाट आएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । एक दशकअघिसम्म सो सङ्ख्या तीन गुणाभन्दा कम थियो।

नेपालमा छायाङ्कन भएका चिनियाँ चलचित्र एवम् वृत्तचित्र, नेपालका लागि बढेको हवाई सञ्जाल र चिनियाँ भाषा जानेकाहरू नेपाली पर्यटन व्यवसायमा भित्रिरहँदा चीनको सफ्ट पावरु का पदचापहरू बढिरहेका छन् ।

चिनियाँ भाषाका स्वयंसेवकहरू मार्फत् काठमाण्डौंका एक सयभन्दा बढी स्कुलका प्राथमिक तहमा मात्रै पनि चिनियाँ भाषा कक्षा चलिराखेको छ। नेपाल आउने भनिएको चिनियाँ रेलजस्ता ठूला पूर्वाधारले जनस्तरको सम्बन्धलाई अझ बढाउने विज्ञहरू बताउँछन्