काठमाडौ । सरकारले वार्षिक बजेट मार्फत आयकरका दायरा तथा दरमा सामान्य हेरफेर गरेको छ । करदातालाई उनीहरुको आयस्तरका आधारमा छुटको घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै आयकरमा राहत दिएका हुन् । अर्थमन्त्रीका अनुसार अब वार्षिक २० लाखसम्म कारोबार भएका करदाताले ९० प्रतिशत कर छुट पाउने छन् ।
यस्तै, वार्षिक २० देखि ५० लाखसम्म कारोबार गर्नेले ७५ प्रतिशत तथा ५० देखि १ करोडसम्म कारोबार गर्नेले ५० प्रतिशत आयकर छुट पाउने भएका छन् ।
कोभिड–१९ बाट अत्यधिक प्रभावित होटल, ट्राभल, टेकिङ यातायात हवाइ चलचित्र र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने भएको छ । ती व्यवसायको नोक्सानी सार्न सक्ने अवधि पनि बढाएर १० वर्ष पुर्याएको छ ।
कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेसन ऐन २०१४ अनुसार आ.व ०७५/०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले ०७८ असोज मसान्तभित्र नवीकरण शुल्क र जरिवानाको १० प्रतिशत बुझाएमा बाँकी शुल्क तथा जरिवाना छुट दिइने छ । सरकारले कोरोनाको कारण समस्यामा परेका उद्योलाई आय करमा छुट तथा सहुलियत दिने भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । बन्द रहेका संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका छन् । हेटौंडा कपडा उद्योग र गोरखकाली टायर कारखाना लगायतका संस्थानहरु पुनः सञ्चालन हुने भएको हो । सरकारले सम्झौता गरेको नीति विपरित निजी क्षेत्रले सञ्चालन गरेमा सबै सम्पती सरकारले लिनेछ ।






























