GB Koirala Banner Ad New

आर्थिक वृद्धि ४.०१ प्रतिशत हुन कठिन : अर्थमन्त्री पौडेल

काठमाडौं । चालु आर्थिक वर्षमा संशोधित आर्थिक वृद्धि हासिल गर्न पनि गाह्रो रहेको अर्थमन्त्री बिष्णु पौडेलले बताए । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४।०१ प्रतिशत को आर्थिक वृद्धि पनि हासिल नहुने बताएका हुन् ।

चालु आर्थिक वर्षमा सरकारले पहिले ७५ को आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर, पछि केन्द्रीय तथ्याङ्क विभागले ४।०१५ हुने संशोधित अनुमान गरेको थियो ।

तथापि, अहिलेको अवस्थामा उक्त आर्थिक वृद्धि हासिल गर्न पनि चुनौतिपूर्ण रहेको मन्त्री पौडेलले बताए । अर्थमन्त्री  पौडेलले भने, ‘कोरोनाको दोस्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाको कारण संशोधित आर्थिक वृद्धि हासिल नहुने भएको छ ।’