GB Koirala Banner Ad New

लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । लुम्बिनी जनरलइन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजनपछिको मूल्य ७९१ रुपैयाँ तोकिएको छ । यता, सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १ हजार २०५ रुपैयाँ निर्धारण भएको छ ।

यही भाउलाई आधार मानेर आइतबार दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ । लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सले  आगामी जेठ २८ गते बस्ने वार्षिक साधारण सभामार्फत लाभांश प्रस्ताव पारित गर्दैछन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि यी दुवै इन्स्योरेन्सले आज  जेठ १४ गते शुक्रबार नै बुक क्लोज गरेका छन् । तसर्थ, बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।