GB Koirala Banner Ad New

टर्की पुर्याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ

काठमाडौं । दुई महिलालाई टर्की पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने गोरखा गोरखा नगरपालिका–१ घर भएका जिवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–४ घर भएकी पूर्णिमा सिर्पाली बस्नेत रहेका छन् ।

भट्टलाई काठमाडौं सोल्टीमोडबाट मंगलबार र बस्नेतलाई काठमाडौं माईतीघरबाट बुधबार मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतले पीडितहरुलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई १० लाख रुपैंया लिए पश्चात् सम्पर्क बिहिन भएको र केही समय पश्चात सम्पर्कमा आएपछि पीडितहरुले विदेश जाँदैनौ भन्दै पैसा फिर्ता माग्दा नदिई टिकट लगायतका कागजातहरु बापत ५३ हजार रुपैंया लिई गत असोज २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाईन्सद्वारा टर्की पुर्यापएकी थिइन् ।
टर्कीमा बस्नेतको बुवाले काममा लगाई दिन्छु भनि आश्वासन दिई ३ हप्‍ता आफ्नै कोठामा राखेपछि पीडित छोरी नेपाल फिर्ता हुन्छु भन्दा नेपाल फर्कन नदिई पीडितमध्ये आमालाई ग्रीस पठाईदिन्छु भनी कोठामै बन्धक बनाई राखेको र छोरीलाई टर्कीको बोर्डरमा पुर्या्ई २ हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गरेको थाहा पाई दूताबासको समन्वयमा छोरी गत मंसिर ८ गते र आमा गत पुस २६ गते नेपाल फर्किए पश्चाात उनीहरुले दिएको जाहेरीको आधारमा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।