काठमाडौं । कुमारी इक्विटी फन्डको प्रति इकाई खुद सम्पति मूल्य (न्याभ) मा सामान्य सुधार भएको छ । चैत मसान्तको भन्दा ७ पैसाले बढेर वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ३४ पैसा कायम भएको छ । वैशाख मसान्तसम्म सूचीकृत कम्पनीको सेयर लगानी रकममा पनि वृद्धि भएको छ ।
वैशाखमा ४० करोड ७१ लाख ४७ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । चैतमा भने यस फन्डले सूचीकृत सेयरमा ३७ करोड ३६ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो ।
यसअवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल २४ वटा सूचीकृत कम्पनीको १८ लाख ९७ हजार ५२५ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा रहेको छ ।
सिद्धार्थ बैंकको ६१ हजार ६९ कित्ता सेयरमा लगानी रहेको छ । यता, पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने ५ करोड ६५ लाख ८३ हजार रुपैयाँले घटेर ४२ करोड ६४ लाख ९९ हजार रुपैयाँमा आएको छ । अघिल्लो महिना बैंक मौज्दात ४८ करोड ३० लाख ८२ हजार रुपैयाँ थियो ।































