GB Koirala Banner Ad New

अब अनलाइनबाटै एनआईसी एशियाको प्रिपेड डलर कार्ड पाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।

यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया बैंक) एपमा रहेको आईसर्भ प्लेट फर्म मार्फत उपभोग गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका ग्राहकले बैंकको सेल्फ हेल्प बैंकिङ्ग प्लेटफर्म आईसर्भभित्र कार्ड सर्भिसेस्मा क्लिक गरी डलर कार्ड रिक्वेष्टमा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ ।

उक्त विवरण भरेपछि ग्राहक महानुभावको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुने र उक्त ओटीपी राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्नेछन् । त्यसपछि ग्राहकले आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नेछन् ।

यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन् ।

यद्मपी कोरोना कहरको यस विषम परिस्थितिमा बैंकले सिमित शाखा मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको अवस्थामा प्रिपेड डलर कार्ड लिन इच्छुक ग्राहकले बैंकको वेबसाइट अथवा सामाजिक संजालमा राखिएको शाखा खुल्ने सम्बन्धी सूचना हेरी वा बैंकमा सम्पर्क गरी आफुले रोजेको शाखा खुल्ने दिन मात्र सरकारले जारी गरेको निषेधाज्ञाकोे पालना गरी बैंकको शाखा कार्यलयबाट उक्त कार्ड लिन सक्नेछन् । ग्राहकलाई यस कार्ड सुविधा अझ बढी सुलभ बनाउनका निमित्त बैंकले हाल शुल्क ३५० रुपैयाँ कायम गरेको छ ।