काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्सको ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७.७६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो । बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।
इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ कमाएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ३९ पैसा रहेको छ ।




























