GB Koirala Banner Ad New

नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना नेपालको कूटनीतिक सम्बन्ध गाम्बिया १७० औं देश बने

काठमाडौँ । नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि तथा राजदूत ल्याङ याबोउले यससम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरेका हुन् ।

यसको जानकारी राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगले दिएको छ । यससँगै  नेपालको कूटनीतिक सम्बन्ध स्थापना हुने देशको सूचीमा १७० औं देश बनेको छ ।

दुबै राजदूतले यससम्बन्धी जानकारी गराउँदै संयुक्त राष्ट्रसंघलाई संयुक्त पत्रसमेत लेखेका छन् । पश्चिम अफ्रिकी देश गाम्बिया१९६५ मा संयुक्त राष्ट्रसंघमा जोडिएको मुलुक हो । यसको क्षेत्रफल ११ हजार वर्गकिमि रहेको छ ।