GB Koirala Banner Ad New

एनआइसी एसियाको स्वामित्वमा रहेको नेसनल लाइफको सेयर लिलामी भर्ने आज अन्तिम

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक सेयर किन्ने आज  जेठ १० गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४९ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।

लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । यस्तै, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा यसका विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।