GB Koirala Banner Ad New

अर्थमन्त्रीलाई ५० प्रतिशत तलब वृद्धिको माग राख्दै  कर्मचारी युनियनको ज्ञापन

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन(सङ्घ)ले सबै कर्मचारीको ५० प्रतिशत तलब वृद्धिको माग राख्दै अर्थमन्त्री विष्णु पौडेललाई २८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

आइतबार विभिन्न २८ बुँदे ज्ञापन पत्र बुझाएको युनियनले बढ्दो महँगीलाई मध्यनजर गर्दै कर्मचारीको तलब ५० प्रतिशत वृद्धि गर्न माग गरेको हो ।

निजामती कर्मचारीहरूका लागि सञ्चय कोषद्वारा प्रदान गरिने आवास कर्जाको ब्याज सहुलियत दरमा विशेष छुटको व्यवस्थासमेत माग गरेको युनियनले पोसाक भत्ता, प्रोत्साहन भत्ता, कोरोनाले मृत्यु भएका कर्मचारीका परिवारलाई तीस लाख उपलब्ध गराउन पनि माग गरिएको छ ।