GB Koirala Banner Ad New

ओली, मार्कोस र नेपालको राजनीति

–निरज रञ्जित 

सन् १९६९ मा दोश्रो तथा अन्तिम कार्यकालको लागि निर्वाचित फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस निरन्तर सत्तामा बसिरहन चाहान्थे। आफ्नो सत्ता लम्ब्याउने उपाय सोच्न थाले। संविधानत: दोश्रो कार्यकाल १९७३ मा पुरा हुन्थ्यो।

देशमा सङ्कटकाल लगाएर संविधानको पुनर्लेखन मार्फत आफ्नो सत्ता लम्ब्याउने उनको योजना बन्यो। सङ्कटकाल लगाउन पर्याप्त कारण चाहिन्थ्यो। योजना अनुरुप सन् १९७२ मा राजधानी मनिलामा व्यापक बम बिस्फोटका घटनाहरु गराइए।

रक्षामन्त्री जुएन पोन्स इनरिले (Juan Ponce Enrile )को हत्या प्रयासस्वरुप बम बिस्फोट गराइएको र त्यसमा ‘कम्युनिष्ट आतङ्ककारी ‘ को हात रहेको प्रचार गरियो ।

मार्कोसले देशमा सङ्कटकालको घोषणा गर्दै टेलिभिजन प्रसारणमा भने-‘ मेरा देशवासीहरु,यो सैनिक शासन होइन ।प्रजातान्त्रिक सरकार निरिह बन्न सक्दैन।’ जुन संविधान उनले निलम्बन गर्दै थिए, त्यसबारे अगाडि भने ‘बुद्धिमतापूर्ण ढङ्गले यसको रक्षा गरिनेछ।’ देशलाई राज्यविप्लवबाट जोगाउने पक्षमा आफ्नो कदम रहेको बताए। यो घटनासङ्गै मार्कोस १४ बर्ष निरन्तर सत्तामा रहे।

अहिले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले चालेको कदम पनि फिलिपिनी घटनासँग मिल्दोजुल्दो देखिन्छ। असिमित सत्तालिप्साका कारण ओली आफ्नो सत्ता निरन्तरताका लागि ‘मार्कोसपथ’ अवलम्बन गर्न खोज्दैछन्। त्यसको लागि कहिले’सरकार चलाउन सहयोग पाइन।’  मलाई काम गर्न दिइएन,मेरो हात बाँधियो।’ भन्छन्।संविधान,संसद,अदालत आफ्नो अनुकूल नदेखिएको अवस्थामा ती संस्थाहरुको आदेश रनिर्णय लत्यायर हिंड्छन्। आफैले रक्षाको शपथ खाएको संविधान उनको लागि कागजको खोष्टो हुन्छ।

एक वर्षभन्दा अघि शुरु भएको कोरोना महामारीलाई शुरुमा उनले ख्यालठट्टाको विषय बनाए । अहिले त्यही कोरोना आतङ्कलाई सत्ताको रक्षाकवचको रुपमा प्रयोग गरेर सङ्कटकाल मार्फत आफ्नो अभिष्ट पुरा गर्ने दाउमा -ओली।

मार्कोस र ओली बीचमा फरक यत्ति हो–मार्कोसले कम्युनिष्टहरुले राज्य विप्लव गर्दैछन् भनेर पूर्वनिर्धारित योजना मुताबिक सत्ता हत्याएका थिए। ओलीले आफ्नै पार्टी र कोरोनालाई ढाल बनाएर आफ्नो सत्तालाई निरन्तरता दिन खोज्दैछन्।

त्यसमा सङ्कटकाल हुँदै अघिबढ्ने र निरन्तर सत्तामा टिकिरहने दाउमा छन्उ–नी। मार्कोस १४ बर्ष सैनिक शासक बने,ओली १४ बर्ष जेल बसे। चौध बर्षको कोर्षमा समानता छ–दुबै जनामा। दुबै जनाको नियत एउटै हो,नियति के हुन्छ रु समयले बताउला !

नेपालको राजनीतिमा धेरै पात्रहरूको अनुहार हेरियो । २०४६ पश्चात् नेपाली कांग्रेस भित्र सर्बोच्च नेता गणेशमान सिंह, त्यागी नेता कृण्ण प्रसाद भट्टराई ,हिम्मतिला नेता गिरिजाप्रसाद कोइराला र साधकि नेता सुशील कोइरालाको नाम उच्चारण गर्दा आफैमा गौरव लाग्छ।

त्यसो त नेकपा ९एमाले०का नेता मदन भण्डारी र मनमोहन अधिकारीको नाम पनि आफैमा गौरवान्वित छन। राजनीति गर्ने भनेकै देश र जनताको सेवाका लागि हो। दुनियाँमा तमासा देखाउन, जालझेल र षडयन्त्रका लागि हैन। राजनीति सबैले गर्न खोज्छन तर जनताले जनमत दिदा उ कति नैतिक छ, त्यो हेर्नु जरुरी छ।

उल्लेखित प्रसंगको कुरा गर्दा नेपालको राजनीति बागडोर समालेका केपी शर्मा ओलीको प्रसंग पनि उल्लेख नगरी रहन मिल्दैन। ओलीको राजनैतिक यात्राको कुरा सुन्दा गरिबी अभावको चपेटामा रूमलिएका र कसैका उक्साहटमा लागि सामान्य युवा अवस्थामा सामन्तीको हत्या भन्दै मध्य रातमा कसैको हत्या गरि जेल जीवन यापन गरेका पात्रका रूपमा चित्रण गरेको पाइन्छ।

जीवन यात्राको प्रारम्भ मै हत्यामा संलग्न हुन सक्ने मानिससँग जनताले सदव्यहार,सतचरित्र र सुशासन खोज्नु कुहिरोमा काग खोज्नु जस्तै हो। नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी हत्याकाण्ड देखि अनेकन खालका कुराले बिबादास्पद रहदै आएका ओली पछिल्लो चरणमा गृहमन्त्री भए पश्चात् नेकपा (एमाले) का नेताका रूपमा चिनिदै आएका हुन।

नेकपा एमाले भित्र लामो समय नेतृत्वमा रहेका माधव कुमार नेपाल र झलनाथ खनाललाई पन्छाउदै नेकपा एमालेको अध्यक्ष बनेका ओलीले आफुलाई राष्ट्रवादी देखाउदै सत्तामा पुग्नका लागि माओवादी केन्द्रसँग साठगाठ गर्दै अनेकन खालका झुठा नारा दिएर सत्तामा पुगेका पात्र हुन।

उनले सत्ता समाले देखि प्रतिपक्षीको त कुरै छाडौ आफ्ना पक्षका नेतालाई क्रमशस् समाप्त पार्ने खेलमा लाग्दा आजको दिन नेपाली जनताले भोग्न बाध्य भएका छन्।राजनीति एक्लैले गर्ने नीति हैन। यो त सामुहिक नेतृत्व गरिने कार्यनीति पनि हो।

पछिल्ला दिनमा एमाले ओलीले देखाएको नांगो नाचका बिषयमा मैले खासै उल्लेख गरिरहनु नपर्ला तर पनि हिजो दिउँसो सम्म आफु राजनीतिबाट वाक्क भएकोले कसैले बहुमत पुराउन सके देश समाल भन्ने ओली एकाएक ४ बजे बहुमत लिएर जान्छन र आफुले बहुमतको दावा गर्दै गर्दा अल्पमतको बहाना देखाएर एकाएक मध्यरातमा संसद पुन भंग गरि निर्वाचनको सिफारिस गर्छन भने उनी कस्ता पात्र हुन भन्ने कुरा अझै प्रष्ट्याउन नपर्ला।

राजनीतिमा लाग्नेहरू प्रायस् सबैले जनताकै सेवा गर्छु भन्छन तर आफ्ना नेताले गरेको गल्तीलाई गल्ति हो भन्न नसकि उल्टै ठिक हो भनी वकालत गर्दै हिड्ने कार्यकर्ता र समर्थक देख्दा यो हनुमाने नीति देखि आफैलाई वाक्क लाग्छ। के गर्नु आफु त बाबुको बिरासत धान्न सुरू देखि नै लागियो नत्र दुनियाँको गाली खाने यो फोहोरी खेलबाट टाढै रहन्थे। नेपालको राजनीतिमा ओली जस्ता पात्र पनि देखिए र भोलीका दिनमा उनले देखाएको बाटो हिड्ने पात्र को को देखिन्छन् हेर्न बाँकी छ।