काठमाडौं ।आगामी जेठ २८ गते सिद्धार्थ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । सभामा १५.७९ प्रतिशत लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुनेछ ।
गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ३.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांशसिद्धार्थ इन्स्योरेन्सले दिने लागेको हो । सिद्धार्थले हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस वितरणपछि भने चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ । यता, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरणहरु पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ ।
सभा सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भिडियो कन्फरेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ ।
सभा गर्न जेठ १४ गतेदेखि बुक क्लोज हुने भएकाले जेठ १३ गतेसम्म कायम रहने सेयरधनीले माात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।





























