काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २५ औ वार्षिक साधारणसभा आज जेठ ६ गते हुँदैछ। कम्पनीले प्रभु कम्प्लेक्स तीनकुनेमा भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्ने भएको हो ।
कम्पनीको ३८९ औ सञ्चालक समितिको बैठकले जेठ ६ गते विहिबार दिनको ११ बजे आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिले यस भन्दा अगाडि घोषणा गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्रको दफा तीनमा कम्पनीको उद्देश्य अन्तर्गत सामुहिक लगानी कोष योजना संचालन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।
सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता बृद्धिको प्रस्ताव पनि साधरणसभामा पेश गरिने भएको छ ।त्यस्तै, साधारणसभामा लेखापरिक्षकको प्रतिवदेन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात नाफा नोक्सान हिसाव तथा नग प्रवाह विवरण उपर छलफल गरि पारित गर्नेछ ।
सभामा सञ्चाक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २०७७ असार मसान्तमा कायम चुक्ता पूँजीको ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार नगद लाभांश पारित गर्ने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धाण सम्बन्धमा वर्तमान लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई पुन नियुक्ती गर्ने प्रस्ताव गरिएको छ ।
साधारणसभा प्रयोजनका लागि बैशाख २६ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने भएको छ । बैशाख २५ गतेसम्म शेयर खरिद गर्नले बोनस शेयर प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।




























