काठमाडौं । नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको १५ लाख ८१ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ७% बोनस सेयर वितरण गरेको थियो ।
सोही बोनस सूचीकृत भएको हो । हाल यसको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ करोड ७२ लाख रुपैयाँ छ ।
गत वर्ष यसैअवधिमा इन्स्योरेन्सले १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६१ पैसा छ ।




























