काठमाडौं । ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र माछापुच्छ्रे बैंकले बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । माछापुच्छ्रे बैंकले प्रति इकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ब्याजदर भने तोकिएको छैन । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले भएको गर्नेछ ।




























