काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको शुक्रबार फागुन १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । तारागाउँले गत वर्षको नाफाबाट करसहित १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
साधारण सभा तारागाउँको रजिष्टर्ड कार्यालय, बौद्ध काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट पनि सभामा सहभागी हुन सकिनेछ ।
सभा प्रयोजनका लागि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गरेको छ । माघ २९ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

























