GB Koirala Banner Ad New

नबिल बैंकको वेबसाइट मार्फत नबिल iCard को निवेदन गर्न पाइने

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल iCard को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा ‘Nabil iCard’ सेक्सनमा(https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गइ ‘Apply Now’ विकल्प छानि नबिल iCard को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुनग्राहकले सजिलैसंग सन्दर्भ गर्न सक्दछन्। थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा (०१–५९७००१५) सम्पर्क गर्न सक्नेछन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमाआङ्खनो ग्राहकहरुको हित तथाआवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको छ ।