GB Koirala Banner Ad New

यस माहामारीको समयमा मानसिक स्वास्थ्यलाई कसरी स्याहार गर्न सकिन्छ ???

बढ्दै गरेको कोभिड १९ को संक्रमणले आज देश संकटमा परेको छ। दिनहुँ हजारौँ संक्रमित बढ्नुका साथै बढ्दो मृत्युदरले सबैको मनमा डर र त्रास पसेको छ।

संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरु अहिले होम आइसोेलेसनमा र क्वारेन्टाइनमा बसेका छन्। जटिल खालका कोरोनाको लक्षण भएका बिरामीहरुको उपचार अस्पतालको कोभिड वार्डदेखि आइसीयूमा भइरहेको छ। होम आइसोलेसनमा बस्दा हामी शारीरिक लक्षणको त ख्याल राख्छौं। तर मानसिक स्वास्थ्यको बारेमा पनि ध्यान दिन जरुरी हुन्छ।

एक मनोविमर्श कर्ता को नाताले पनि यो महामारीको समयमा होम आइसोलेसनमा बस्दा मानसिक स्वास्थ्यलाई के कसरी ध्यान दिन सकिन्छ भन्ने विषयमा जानकारी गराउन चाहन्छु। त्यसैले यो आपतकालीन परिस्थितिमा होम आइसोलेसनमा बढीरहेको मानसिक समस्याहरुको अनुमान लगाउन गाह्रो छ।

यसर्थ सबै होम आइसोलेसनमा बस्नु भएका कोभिड बिरामीहरुले आफ्नो दैनिकीको सूची बनाउन जरुरी हुन्छ। आफुलाई रुची भएको क्रियाकलापमा आवद्ध हुनुपर्छ।

जसले मनलाई विचलित हुनबाट जोगाउँछ। अन्यथा एउटै कुराहरु बारम्बार मनमा आउने, झर्को लाग्ने, कोभिडकै बारेमा पनि धेरै सोचेर नभएका लक्षणहरु पनि भएझै हुने र मन आत्तिने हुन्छ। कोरोनाले ज्यान नै लाने हो की अथवा मेरो शरीरको अंगहरु नै नष्ट बनाउने हो की भन्ने कुराहरुले मन उदास र निरास बनाउन सक्छ। साथै गहिरिएर सोचमा परेपछि नकारात्मक विचारहरु आउन सक्छ। यसले ज्यान नै जाने सम्भावना नआउला पनि भन्न सकिन्न।

यसबाट बच्न सकिने विभिन्न उपायहरु यहाँ उल्लेख गरिएका छन् :
– सामाजिक सञ्जालमा धेरै समय नबिताउने अर्थात नकारात्मक समाचार देखि टाढा बस्ने।
– बिहान बेलुका आफूले जति सकिन्छ व्यायाम (योग, मेडिटेशन आदी ) गर्ने।
– होम आइसोलेसनमा रहँदा सुत्ने र उठ्ने समय निर्धारण गर्ने
– लागू पदार्थको सेवन नगरौँ।
– मन आत्तिने र डर लागे जस्तो हुने साथ साथै शारीरिक लक्षण जस्तै, मुटुको चाल बढ्ने, श्वास प्रश्वासमा गाह्रो हुने, पसिना आउने, मुख सुके जस्तो लक्षण बारम्बार भइरहे टेलिफोन सम्पर्कबाट मनोविमर्श कर्ता, मनोविमर्श कर्तासँग परामर्श लिने।
– नकारात्मक सोचहरु आइरहेमा नजिकैको परिवारजन वा साथीसँग खुलेर कुरा गर्ने, अथवा फिलिम हेर्ने, नोबेलका किताबहरु पढ्ने, कविताका लेख्ने वा पढ्न पनि सक्छौँ । यसरी पनि आफ्नो आत्माबल बलियो पार्नको लागि मनोरञ्जन गर्न सक्छ भने मनोचिकित्सकसँग परामर्श पनि लिन सक्छौं।
– क्षणिक गाह्रो वा उकुस–मुकुस भएमा आफुलाई तुरुन्तै डिस्ट्र्याक गर्ने, कसैलाई फोन गर्ने, मन परेको संगीत सुन्ने। त्यो वातावरणबाट आफूलाई अलिक पर नै लैजाने, लामो– लामो श्वास लिने जस्ता उपाय अपनाउन सकिन्छ।
तसर्थ होम आइसोलेसनमा बस्दा समयानुसार समायोजन गर्ने क्षमता बढाउ र भावनात्मक द्धन्द्धबाट विचलित नहौँ।