GB Koirala Banner Ad New

अपि पावरको नाफामा आकर्षक वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अपि पावरको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १०८.१६ प्रतिशत ले बढेर १२ करोड ६२ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ६ लाख ५८ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफामा वृद्धि भएको हो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी १८.८८ प्रतिशतले बढेर २८ करोड ८१ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट २४ करोड २३ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष १५ लाख ४७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष ६ करोड २९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा अपि पावरको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९३ पैसाले बढेर वार्षिक ८ रुपैयाँ ७२ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा थियो ।

प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा छ । चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ र जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ छ ।