काठमाडौं । प्रभु इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफामा सामान्य वृद्धि भएको छ । यस अवधिमा नाफा ४.९५ प्रतिशतले बढेर १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले १५ करोड २२ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बिमा कोषको आकार २०७५ प्रतिशतले बढेर ७८ करोड ८९ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसको बिमा कोषमा ६५ करोड ३३ लाख ८२ हजार रुपैयाँ थियो । खुद बिमा शुल्क ६.३३ प्रतिशत ले बढेर ४६ करोड १४ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसले ४३ करोड ४० लाख ११ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी १५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ छ ।





























