GB Koirala Banner Ad New

कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालका दुवै कम्पनीको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा चैत मसान्त सम्ममा बोटलर्स नेपाल (बालाजु) २९ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस कम्पनी १ करोड ८० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

पछिल्लो ३ महिनामा मात्रै यस कम्पनीले ३० करोड ६८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले सञ्चालन आम्दानी ५ अर्ब ६२ करोड रुपैयाँबाट बढाएर ६ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ ।

यसले गर्दा पनि नाफा बढ्न सहयोग पुगेको देखिन्छ । यता, कम्पनीको कूल बिक्री आम्दानी भने ४ अर्ब ११ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

हाल यसको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर १७४ रुपैयाँ कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आमनी १४ रुपैयाँ ऋणात्मक रहेको छ । बोटलर्स नेपाल (बालाजु) को प्रतिसेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ छ ।

यता, बोटलर्स नेपाल ९तराई० ले पनि चैत मसान्तसम्मममा ३७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनीले ३ करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यस्तै, पछिल्लो ३ महिनामा मात्रै कम्पनीले ३४ करोड ९३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

कम्पनीले सञ्चालन आम्दानी पनि ३ अर्ब ८७ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यसले गर्दा पनि नाफा बढ्न सहयोग पुगेको छ । यता, कम्पनीको कूल बिक्री आम्दानी भने २ अर्ब ८९ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

हाल यसको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा २ अर्ब ४४ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४०९ रुपैयाँ भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ मात्र रहेको थियो । बोटलर्स नेपाल ९तराई० को प्रतिसेयर नेटवर्थ २ हजार ११७ रुपैयाँ छ ।