GB Koirala Banner Ad New

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने पक्का

एजेन्सी । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने पक्का भएको छ । गएराति भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेसँगै सिटीले उपाधि जित्ने पक्का भएको हो ।

दोस्रो स्थानमा रहेको युनाइटेडलाई तेस्रो स्थानमा रहेको लेस्टर सिटीले २–१ गोलले पराजित गरेको हो । गएराति भएको खेलसँगै म्यानचेस्टर सिटी र म्यानचेस्ट युनाईटेडबीच १० अंकको अन्तर भएको छ ।

सिटी ८० अंकसहित शीर्ष स्थानमा रहेको छ भने युनाईटेड ७० अंकसहित दोस्रो र सिटी ६६ अंकसहित तेस्रो स्थानमा पुगेको छ ।