काठमाडौं । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेकपा एमालेका नेता समेत रहनु भएका प्रदेश सभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको एमालेका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले पुष्टि गर्नुभयो ।
चौलागाईँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको एमालेका प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
उहाँ गएको चुनावमा दोलखा क्षेत्र नम्बर ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी उमेरदेखि नै राजनीतिमा लाग्नुभएका चौलागाईँ अनेरास्ववियुको वाग्मती संयोजकसहित केन्द्रीय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वाग्मती अञ्चल सदस्य, सह–इन्चार्ज, इन्चार्ज बन्नुभएको थियो ।
































