GB Koirala Banner Ad New

आज अन्तिम मौका अपि पावरको हकप्रद सुरक्षित गर्ने

काठमाडौं । अपि पावर कम्पनी अपि पावरको २९% हकप्रद सुरक्षित गर्ने आज वैशाख २८ गते अन्तिम दिन हो । २९% हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले  वैशाख २९ गते बुधबार  बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले निष्कासन गर्ने हकप्रद भर्न पाउनेछन् ।

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता ९४७५० हकप्रद सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट फेरि हकप्रद निष्कासन गर्न लागेको हो ।