GB Koirala Banner Ad New

रचना रिमाल र कृष्ण ढकालको आवाजमा ‘टिकटक क्वीन : सुपरम्यान’ रिलिज

काठमाडौं । गायिका रचना रिमाल र कृष्ण ढकालको युगल गायनमा समावेश ‘टिकटक क्वीन सुपरम्यान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेतको रहेको छ । यस गीतमा रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायक पल शाह र मोडेल दुर्गेश थापा, गरिमा शर्मा र रुचि बिश्वास फिचर्ड छन् । राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई शाह प्रडक्शन फिल्म्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । यसै प्रडक्शन हाउसबाट पल शाह अभिनित ‘हृदय भरी’ छिट्टै रिलिजको तयारीमा छ ।