GB Koirala Banner Ad New

अमेरिकामा गोली प्रहार, ६ को मृत्यु, बन्दुकधारी आफैलाई गोली हानी गरे आत्महत्या

एजेन्सी । अमेरिकाको कोलोराडो राज्यमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । घटना लगत्तै बन्दुकधारीले पनि आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

गोली प्रहारबाट घाइते भएका एकजनाको उपचारकै क्रममा मृत्यु भएको हो । कोलोराडोको कैटरबरी होम पार्कमा रहेको एक घरमा जन्मदिनको पार्टी मनाइरहेका माझ ती व्यक्तिले गोली प्रहार गरेका थिए ।

मारिनेका ती व्यक्तिका प्रेमिका र परिवारका सदस्य समेत छन् । घटनाबारे अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जनाएका छन् । यसअघि हिजो मेरिल्याण्डमा एक व्यक्तिको गोली प्रहारबाट एक नेपाली सहित चार जनाको मृत्यु भएको थियो ।