काठमाडौं । युनियन हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८९ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो गत वर्षको भन्दा १५.१४% धेरै हो । गत वर्ष यसले ७७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि १.२२% ले बढाएर ५ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले अन्य श्रोतबाट गर्ने आम्दानी पनि ८४ हजार ६०७ रुपैयाँबाट बढाएर ७ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ७ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ १० पैसा छ ।




























