काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्वावलम्बन लघुवित्तको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा ५२.७९% ले घटेर १४ करोड २९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३० करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा संस्थाको सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकाले नाफा प्रभावित भएको हो ।
गत वर्ष ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको संस्था यो वर्ष १ करोड ७४ लाख ४६ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । यता, खराब कर्जा पनि १३.६८५ ले बढेर १५.३८% पुगेको छ । प्रतिसेयर आम्दानी पनि ३० रुपैयाँ ७४ पैसाले घटेर २० रुपैयाँ २१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ १३ पैसा छ ।


























