GB Koirala Banner Ad New

आफन्त नेपालले ल्यायो नयाँ वेबसाइड

काठमाडौं । आफन्त नेपाल प्रा.लि.ले नयाँ वेबसाइड (www.aafanta.com) ल्याएको छ । यस प्रालीले उद्यमशिलता विकाश गर्ने उद्देश्यले आज ९बुधबार० एक कार्यक्रम गरेर नयाँ वेबसाइड लञ्च गरेको हो ।

नयाँ वेबसाइडको प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ आर्यलले सार्वजनिक गरेका हुन् । संसारभर रहेका नेपालीको उद्यमशिलता विकाश गर्न मद्दत गर्ने उद्देश्यले यस वेबसाइड सञ्चालनमा ल्याइएको आफन्त नेपालले जनाएको छ ।

कम्पनीका अनुसार यसले मुख्य गरि उद्यम प्रारम्भ वा भइरहेकाहरुको प्रर्बद्धन गर्न प्रशासनिक, कानुनी, प्राविधिक, सुचना अथवा वित्तिय आवश्यकताको लागि सहजकर्ताको भूमिका निर्भाह गर्नेछ । यस कार्यलाई विस्तार गर्न विज्ञ, कम्पनि तथा संस्थाहरु पनि जोडिने जनाइएको छ ।

कुनै पनि किसिमका उद्यम प्रारम्भ गर्न चाहने सबै तहका नेपालीले यस संजालमा जोडिन आफन्त डट कम गई आफ्नो एकाउन्ट खोल्न सक्नेछन् । यस संजालमा आबद्ध पछि विश्वभरिका नेपालीले उद्यम सम्बन्धी सबै किसिमका जानकारी र पूर्ण सहयोग हुने कम्पनीको विश्वास रहेको छ ।