GB Koirala Banner Ad New

फिल्डमा खटिने पत्रकारलाई पीसीआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समाचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।

शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्ट सहित दोस्रो चरणको कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराईरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युत जस्ता अत्यावश्यक वस्तुमा सहुलियत दिन समेत माग गर्नुभएको छ ।

शाखाका सदस्यको यसवर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको शाखा सचिव गौतमले जानकारी दिनुभयो ।