GB Koirala Banner Ad New

फिलिपिन्समा चिनियाँ कोरोना भाइरस विरूद्व खोप नक्कली

काठमाडौ । कोरोना भाइरस विरूद्व चीनले निर्माण गरेर दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका राष्ट्रलाई अनुदानमा वितरण गरेको शिनोनाक र सिनोफारस भ्याक्सिन खोप नक्कली भएको अर्थात प्रभावकारी नभएको फिलिपिन्समा चर्चा भएको छ।

चीनले फिलिपिन्सलाई गत फेव्रअरीमा ६ लाख डोज शिवोनाक बायोटेक कोरोना भ्याक्सिन निशुल्क सहयोग गरेको थियो। त्यो खोप फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरेटेलाई लगाएर उदघाटन गरि ३ लाख नागरिकलाई लगाइएको थियो। तर खोप प्रभावकारी भएन।

राष्ट्रपति डुटेरेटेले दुई डोज खोप लगाए पनि उनमा प्रभावकारी नभएको र उनी कोरोना संक्रमित भएका छन्। चिनियाँ खोपको प्रभावकारीता ७८ प्रतिशत भनिए पनि शतप्रतिशत काम नगरेकाले फिलिपिन्सले चीनसँग खरिद गर्न सम्झौता गरि सकेको २५ मिलियन फिलिपिनि मुद्राको २५ करोड भ्याक्सिन खरिद नगर्ने निर्णयमा पुगेको छ।

फिलिपिन्समा सन २०१९ को जनगणना अनुसार १० करोड ८१ लाख जनसंख्या रहेको छ। फिलिपिन्सले यी सबै नागरिकलाई खोप लगाउन चिनियाँ खोप खरिद गर्दै थियो।

खोपले खासै काम नदिने देखिएपछि फिलिपिन्समा चिनियाँ खोपका वारेमा व्यापक आलोचना र विवाद भएको छ। राष्ट्रपति डुटेरेटे चिनियाँ खोप खरिद नगर्ने निर्णयमा पुगेका छन।

चीनले नक्कली खोप बनाएर विश्वजगतलाई नै ठग्न थालेपछि यसको पोल बिस्तारै विभिन्न देशबाट खुल्न थालेको छ। चीनको बुहान शहरबाट सन २०१९ को डिसेम्बरमा विश्वमा कोभिड–१९ फैलिएको थियो। चीनले विश्वका शक्ति सम्पन्न राष्ट्रको अर्थतन्त्रलाई कमजोर बनाई आफू छिटै सुपर पावर बन्न आणविक भाइरस बनाइ आफ्ना जासुस मार्फत विश्वमा फैलाइ रहेको अन्तराष्ट्रिय जगतले आशंका गरि अनुसन्धान गरिरहेका छन।