GB Koirala Banner Ad New

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। सर्वोच्चले शुक्रवार उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

तत्कालीन भौतिक पूर्वाधार सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएपछि आयोगले पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०७७ मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै उनी सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।