एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३–२ गोलले हारे पनि समग्रमा ८–५ गोलको नतिजा सहित युनाइटेड फाइनलमा पुगेको हो ।
युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे । पछिल्लो समय निराशाजनक प्रदर्शन गर्दै आएको युनाइटेडले सन् २०१७ देखि कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन्, युरोपा लिगको फाइनलले युनाइटेडलाई उपाधिको आशा देखाएको छ ।
गएराति नै भएको अर्को खेलमा आर्सनलसँग बराबरी खेल्दै भिलारियल पनि इतिहासमै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ ।
गएरातिको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगको २–० को नतिजाका आधारमा स्पेनिस क्लब भिल्लारियल फाइनलमा पुगेको हो । युनाइटेड र भिल्लारियलबीचको फाइनल खेल मे २७ तारिखमा हुनेछ ।


























