काठमाडौं । हाल नेपालमा बढी रहेकोCOVID-19 को संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको छ ।
यसै क्रममा जङ्गी अड्डामा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले मिति २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ ।






























