काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा साना किसान विकास लघुवित्तले ४६ करोड ५३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ६.९५% ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा यसले ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि भएको छ
खुद ब्याज आम्दानी १३.८७% ले बढेर ९० करोड ५३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ७९ करोड ५० लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ६.२१५% ले बढेर ६९ करोड ५७ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ६५ करोड ५० लाख ६० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा साना किसानको प्रतिसेयर आम्दानी भने ८ रुपैयाँ ४३ पैसाले घटेर ४९ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २७४ रुपैयाँ १९ पैसा छ । चुक्ता पुँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १८ लाख ९० हजार रुपैयाँ छ ।
























