GB Koirala Banner Ad New

सगरमाथा इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६३.९१% ले खुद नाफा वृद्धि गरेको हे । गत वर्ष भने यसले १७ करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा गरेको थियो ।

सगरमाथा इन्स्योरेन्सको रिजर्भ कोष तथा बिमा कोषमा पनि सुधार भएको छ । खुद बिमा शुल्क पनि २८.१५% ले बढेर ९५ करोड २९ लाख १ हजार रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्म यसको प्रतिसेयर आम्दानी वार्षिक ३८ रुपैयाँ २ पैसा देखिएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा छ ।