काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य बुधबार आज १० प्रतिशतले बढेको छ । आज १० प्रतिशतले बढेर यस कम्पनीको शेयरमूल्य ११ सय पुगेको छ । योसंगै दुई कम्पनीको शेयर मूल्य पनि उच्च बृद्धि भएको छ ।
उच्च शेयरमूल्य बृद्धि हुनेमा नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स रहेका छन् । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, साताको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । हिजो मंगलबार नेप्से २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा थामिएको थियो ।
नेप्सेका अनुसार आज १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको छ भने ६ अर्ब ७० करोड १८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् ।





























