GB Koirala Banner Ad New

आजदेखि बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखा मात्र खोल्न पाइने

काठमाडौं । सरकारले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरुमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखा मात्र सञ्चालन गर्न दिने भएको छ ।

ती शाखामा कर्मचारीसमेत एक चौथाइ राखेर सञ्चालन गर्न पर्नेछ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले यस्तो निर्णय गरेको हो । यसका लागि सहजीकरण गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ ।

सीसीएमसीको निर्णयमा भनिएको छ, ‘निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरुमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने छ ।’