GB Koirala Banner Ad New

ग्लोबल आईएमई बैंकले ९ महिनामै कमायो ३ अर्ब ५७ करोड रुपैयाँ नाफा

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ५७ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७० करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेसँगै कम्पनीको खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ३२।७५ प्रतिशतले बढेर ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०।४० र प्रतिसेय नेटवर्थ १४८.९२ रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको भने जगेडा कोषको रकम भने ३.०६ प्रतिशतले घटेर ७ अर्ब ९२ करोड रुपैयाँ मात्रै सञ्चित रहेको छ ।

त्यस्तै, निक्षेप संकलन १५.०६ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब रुपैयाँ र कर्जा लगानी १७।११ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा बढेर १.६१ प्रतिशतमा पुगेको छ । सीडी रेसियो घटेर ७६.५४ प्रतिशतमा झरेकोे छ । त्यस्तै, बैंकको बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ६.४० प्रतिशत र ४.१७ प्रतिशतमा झरेको छ ।