काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने म्यादी जीवन बिमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सकिने भएको छ । ज्योति लाइफ इन्स्योरेन्सले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
वैदेशिक रोजगार विभागको नियमअनुसार नै वैदेशिक रोजगारीमा जाने सबै नेपालीले अनिवार्य बिमा गर्नुपर्छ । सोही बिमाको बिमाशुल्क बुझाउन अब सहज भएको छ ।
विगतका दिनमा वैदेशिक रोजगारीमा जानेहरुले लाइन बसेर बिमाशुल्क बुझाउनु पथ्र्यो । ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा खल्ती एपबाटै बिमा शुल्क भुक्तानी गर्न मिल्ने भएपछि धेरैजना यसबाट लाभान्वित हुने भएका छन् ।





























