GB Koirala Banner Ad New

कुलमानद्वारा ‘ताल्च्यो घिसिङ कुदाप’ क्याफे एन्ड रेष्टुरेन्टको उद्घाटन

काठमाडौं । देशलाई अध्यारोबाट मुक्ति दिलाउन सफल नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ‘ताल्च्यो घिसिङ कुदाप’ क्याफे एन्ड रेष्टुरेन्टको उद्घाटन गर्नुभएको छ ।

प्राधिकरणमा चार वर्षे कार्यकाल समाप्तपछि सामाजिक तथा विभिन्न भेटघाट कार्यक्रममा सरिह हुँदै आइरहनु भएका घिसिङले शुक्रबार चागल डल्लुस्थित ‘ताल्च्यो घिसिङ कुदाप’ क्याफे एन्ड रेष्टुरेन्टको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनका क्रममा बोल्दै उहाँले व्यवसाय सञ्चालकलाई अन्यभन्दा फरक नाम रहेको व्यवसायको अग्रिम शुभकामना पनि दिनुभयो ।