GB Koirala Banner Ad New

प्रिमियर लिगमा लिड्स युनाइटेडसँग फुलह्याम पराजित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ । लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको हो । लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे ।

फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्कका साथ ११ औँ स्थानमा रहेको छ । फुलह्यामको ३० खेलमा २६ अङ्क छ । फुलह्याम अङ्क तालिकाको १८ औं स्थानमा छ । प्रिमियर लिगमा ७१ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।