GB Koirala Banner Ad New

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षराङ्कन तर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कन तर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।

नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np  वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ ।