GB Koirala Banner Ad New

बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागे

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी उक्त संख्यामा आइपीओ जारी गर्न अनुमति मागेको हो ।

बलेफीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले सन् २०१९ को जुलाईमा गरेको रेटिङ अनुसार बलेफीको आइपीओले औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ पाएको छ । यस हाइड्रोपावर आयोजनाको कुल लागत ६ अर्ब ८ करोड ८० लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रति मेगावट लागत १६ करोड ९० लाख रुपैयाँ पर्नेछ । यसले ३६ मेगावट क्षेमता भएको अपर बलेफी “ए” निर्माण गरिरहेको छ । आयोजना पावर प्रदेश ३, सिन्धुपाल्चोकमा निर्माणधीन छ । आइपीओ जारीपछि पुँजी १ अर्ब ८२ करोड ८० लाख पुग्नेछ । हाल चुक्ता पुँजी पुँजी १ अर्ब ४६ करोड २० लाख रुपैयाँ छ । बलेफी हाइड्रोपावर लिमिटेड सन् २०१२ मा स्थापना भएको कम्पनी हो ।