एजेन्सी । यूईएफए च्याम्पियन्स लिगबाट स्पेनिस क्लब एटलेटिको म्याड्रिड बाहिरिएको छ । गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीसँग २–० ले पराजित हुँदै एटलेटिको च्याम्पियन्स लिगबाट आउट भएको हो । समग्रमा ३–० को जित निकाल्दै चेल्सी लिग क्वाटरफाइनलमा प्रवेश गर्यो ।
चेल्सीले पहिलो लेगमा १–० को जित निकालेको थियो । दोस्रो लेगमा सहज जित दिलाउनको लागि हाकिम जिएच र एमर्सन पाल्मेरीले १–१ गोल गरे । खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै अग्रता दिलाएका थिए । उनले टिमो वेर्नरको पासमा गोल गरेका थिए । त्यसपछि थप गरिएको अन्तिम समयमा पाल्मेरीले गोल गर्दै चेल्सीलाई जित दिलाए


























