GB Koirala Banner Ad New

बैंक अफ काठमान्डूको विशेष सभाबाट ३ जना सञ्चालक निर्विरोध चयन

काठमाडौं । बैंक अफ काठमान्डूको विशेष साधारण सभा चैत ३ गते मंगलबार सम्पन्न भएको छ । विशेष सभाले सर्बसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्विरोध चयन गरेको छ । निर्बिरोध चयन हुनेमा गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती रहेका छन् ।

बैंकले सर्बसाधारण सेरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्न तथा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्न सभा आह्वान गरेको थियो ।

हाल बैंकका देशभर ९० शाखा कार्यालयहरु रहेका छन् । यस्तै, बैंकले देशभर ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा भएको थियो ।