काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । २४औं साधारण सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।
यस्तै, आर्थिक वर्ष २०७७/०७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । कम्पनीले विगतमा जस्तै यसपालि पनि लगानीकर्तालाई लाभांश नदिने भएको छ । सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समेटिएको छैन ।































