काठमाडौं । चैत २३ गते सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको १६औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले गत वर्षको नाफाबाट ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने छ ।
बैंकले गत वर्षको नाफाबाट ५५ बोनस सेयर र कर प्रयोजनको लागि ०.२६% नगद लाभांश वितरण गर्न लागेको हो । साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।
साधारण सभा प्रयोजनको लागि बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश र साधारण सभामा सहभागि हुन चैत ९ गतेसम्म यस बैंकको सेयर खरिद गर्नुपर्ने हुन्छ ।





























